सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षा

भारत सरकारले दियो सशस्त्रलाई १० हजार सेल टियर ग्याँस

आइतबार, १० फागुन २०८२, १२ : ०४
आइतबार, १० फागुन २०८२

सारांश

  • भारत सरकारले सशस्त्र प्रहरी बललाई निर्वाचनका लागि टियर ग्याँस सेल अनुदानमा दिएको छ।
  • निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको छ।
  • भारतले निर्वाचनका लागि नेपाल सरकारलाई ५३८ वटा गाडी सहयोग गरेको छ, जसमध्ये ९३ वटा सशस्त्र प्रहरीलाई दिइएको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । 

निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ ।

तीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिएको छ । भारतबाट गृह मन्त्रालय हुँदै आएका गाडीहरू ४४ जिल्लामा पठाइ सकिएको सशस्त्रका ती अधिकृतले बताए । उनले भने, ‘आज १० जिल्लामा नयाँ गाडीहरू पठाइएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप