गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालकाे आग्रह
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।
सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबिच उत्पन्न विवाद अन्त्य गर्नका लागि संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरे ।
धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबीच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए ।
हिन्दू वा मुस्लिम दुवै एकअर्काका परिपूरक रहेको टिप्पणी गर्दै उनले स्थानीय जनताको सुरक्षा व्यवस्थासहित जीवन रक्षाका लागि सरकारसँग माग गरे। गृहजिल्ला रौतहटबाट लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेकपाका सहसंयोजक समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले अहिले देखिएको समस्याको समाधान आपसी संवादबाट मात्रै सम्भव हुने पक्षलाई दृष्टिगत गरी संयमता अपनाउन दुवै समुदायसँग अपिल गरे ।
रौतहट–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सहसंयोजक नेपालले तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको ‘कफ्र्यु’ को अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको उल्लेख गरे । तीन दिनअघि गौरमा दुई समुदायबीच भएको सामान्य भनाभनबाट सुरु भएको विवाद बढ्दै जाँदा साम्प्रदायिक दङ्गामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण