तनहुँमा चुनावी तयारी : मतपत्र आइपुग्यो, बदर मत घटाउन घरदैलोमा स्वयंसेवक
तनहुँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा आवश्यक मतपत्र आइपुगेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र शनिबार सुरक्षा घेराभित्र दमौली र दुलेगौँडा ल्याइएको हो।
क्षेत्र नम्बर १ को मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली र क्षेत्र नम्बर २ को मतपत्र निर्वाचन अधिकृतको कार्यालय दुलेगौँडामा सुरक्षित राखिएको छ। निर्वाचन अधिकारी विकास लम्सालका अनुसार क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ १ लाख ३६ हजार र समानुपातिकतर्फ १ लाख ४२ हजार मतपत्र प्राप्त भएका छन् भने क्षेत्र नं २ का लागि दुवैतर्फ समान १ लाख ३७ हजारका दरले मतपत्र आइपुगेका छन्।
मतपत्रसँगै निर्वाचनका लागि आवश्यक अन्य सामग्रीको व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको छ। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको नियुक्ति भइसकेको छ। उनीहरूका लागि फागुन ११ र १२ गते विशेष तालिम सञ्चालन गर्ने तयारी निर्वाचन कार्यालयले गरेको छ।
तनहुँमा यसपटक कुल २ लाख ५४ हजार ३ सय ९७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्, जसमा महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी छ। जिल्लाभर १ लाख ३० हजार ९ सय ६ महिला र १ लाख २३ हजार ४ सय ९१ पुरुष मतदाता कायम भएका छन्।
निर्वाचनमा मतदान गर्दा हुने त्रुटी र बदर मतको सङ्ख्या घटाउन जिल्लाका सबै १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। यसका लागि विशेष रूपमा प्रशिक्षित स्वयंसेवकहरूलाई गाउँगाउँमा परिचालन गरिएको छ। बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल केसीले सबै वडामा स्वयंसेवकहरू खटाइसकिएको र उनीहरूले मतदान गर्ने सही तरिका, मतदाताको अधिकार र मतपत्रको गोपनीयता जस्ता विषयमा नागरिकलाई व्यवहारिक जानकारी दिने बताए। विशेषगरी पहिलो पटक भोट हाल्ने युवा, ज्येष्ठ नागरिक र कम साक्षर मतदातालाई लक्षित गरी यो अभियान चलाइएको हो।
भौगोलिक हिसाबले क्षेत्र नं १ मा व्यास र भानु नगरपालिकाका साथै बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका पर्दछन्। त्यस्तै क्षेत्र नं २ मा शुक्लागण्डकी र भिमाद नगरपालिका सहित म्याग्दे, ऋषिङ, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका ५ र ६ नम्बर वडा समेटिएका छन्। स्वयंसेवकहरूले घरदैलोमै पुगेर प्रत्यक्ष र समानुपातिक मतपत्रमा छाप लगाउने भिन्नता र मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिताबारे बुझाउन थालेपछि मतदातामा उत्साह देखिएको छ। मतदाता शिक्षा प्रभावकारी भएमा मत बदर हुने समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास निर्वाचन अधिकारी लम्सालको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण