कांग्रेस उम्मेदवार दवाडीको प्रचारमा गण्डकीका मुख्यमन्त्री पाण्डे
सारांश
- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे गोरखा-२ मा कांग्रेस उम्मेदवारको पक्षमा प्रचारमा गएका छन्।
- मुख्यमन्त्री पाण्डेले कांग्रेसले प्रदेशमा गरेको काम देखाएर भोट मागिरहेका छन् र गोरखाको बजेटको विवरण प्रस्तुत गरेका छन्।
- उनले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउन र कांग्रेसलाई बहुमत दिन आग्रह गरे।
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे गोरखा–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा मत माग्न हिँडेका छन् । निर्वाचन आयोगबाट अनुमति लिएर गृह जिल्ला गोरखाका उम्मेदवार दवाडीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।
मुख्यमन्त्री पाण्डेले कांग्रेसले प्रदेशबाट गरेका काम देखाएर भोट मागिरहेका हुन् । प्रदेश सरकारले विगत ३ वर्षमा ल्याएको बजेट र यो आर्थिक वर्षमा प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको हिसाब देखाउँदै मत मागेका हुन् ।
‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ मुख्यमन्त्री पाण्डे चुनावी कार्यक्रममा भने, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ ।’
उनले गोरखाको विकासका लागि कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे । ‘सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्,’– उनले भने ।
गोरखा २ (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै सङ्घमा पनि कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् ।
नेपाली कांग्रेस गोरखा – २ ले आयोजना गरेको पालिका स्तरीय चुनावी सभामा सहभागी हुन फागुन ५ गतेदेखि १० गतेसम्म गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डे गोरखामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण