काठमाडौँको तारकेश्वरमा घरभित्र चितुवा पस्दा दुई जना घाइते
आइतबार, १० फागुन २०८२, १६ : २०
सारांश
- आइतबार तारकेश्वर नगरपालिका-९ मा एउटा घरभित्र चितुवा पसेको थियो।
- चितुवाको आक्रमणबाट दुई स्थानीय बासिन्दा घाइते भएका छन्, जसमा दुलाल महर्जन र मायानाथ वाग्ले छन्।
- घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ र चितुवालाई नियन्त्रणमा लिन वन कार्यालयको टोली बोलाइएको छ।
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनापछि चितुवालाई घरभित्रै थुनेर राखिएको र नियन्त्रणका लागि वन कार्यालयको टोली बोलाइएको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण