लुम्बिनीमा दलित अधिकारसम्बन्धी ऐन अन्तिम चरणमा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा दलित अधिकारसम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश सभामा दलित अधिकारसम्बन्धी विधेयक प्रस्तुत भइसकेको जानकारी दिए । उनका अनुसार सदनले विधेयकलाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइसकेको छ र आगामी बैठकबाट टुङ्गो लगाउने गरी प्रक्रिया अघि बढाइएको छ ।
‘दलित अधिकारसम्बन्धी ऐन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो ऐन जारी भएपछि कार्यान्वयनमा आउनेछ,’मुख्यमन्त्री आचार्यले भने–‘दलित समुदायको अधिकार कार्यान्वयनका लागि यो ऐन महत्त्वपूर्ण हुनेछ ।’
आयोगका अध्यक्ष विश्वकर्माले प्रदेश सरकारले दलित अधिकारसम्बन्धी ऐन ल्याउने प्रक्रिया अघि बढाएकोमा खुसी व्यक्त गरे । उनले समग्र दलित समुदायको उत्थान, विकास र न्याय सुनिश्चित गर्न उक्त ऐन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
भेटका क्रममा अध्यक्ष विश्वकर्माले मुख्यमन्त्री आचार्यलाई राष्ट्रिय दलित आयोगले तयार पारेको रणनीतिक योजना तथा पाँचौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण