अस्ट्रेलियाको संसद्ले गर्यो एनआरएनए अस्ट्रेलियाको योगदानको औपचारिक सम्मान
सारांश
- अस्ट्रेलियाको संसदले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको योगदानको कदर गर्दै सम्मान गरेको छ।
- सांसद मार्क क्यूरले एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष अनिल पोखरेललाई धन्यवाद दिए, र समुदायको सशक्तीकरणमा पुर्याएको योगदानको प्रशंसा गरे।
- एनआरएनए अष्ट्रेलियाले विभिन्न कार्यक्रम र सेवाहरू मार्फत नेपाली समुदायको उत्थान र पहिचानलाई बलियो बनाएको छ।
काठमाडौँ । अष्ट्रेलियाको संसद्ले नेपाली समुदायको योगदानको कदर गर्दै सम्मान गरेको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सको संसद्ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अष्ट्रेलियाको योगदानलाई उच्च मूल्याङ्कन गर्दै औपचारिक रूपमा ‘कम्युनिटी रिकग्निसन स्टेटमेन्ट’ प्रदान गर्दै सम्मान गरेको हो ।
सांसद मार्क क्यूरले संसद्मा दिएको वक्तव्यमा संस्थाको कामको प्रशंसा गर्दै एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष अनिल पोखरेललाई धन्यवाद व्यक्त गरेका छन् । क्यूरले पोखरेलले न्यू साउथ वेल्ससहित अस्ट्रेलियाभर नेपाली समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
‘यसरी अष्ट्रेलियाको संसद्ले एनआरएनए अष्ट्रेलिया र नेपालीको सम्मान गर्नु र संसद्मा लिपिबद्ध गर्नु गर्भको कुरा हो । यसले हामीलाई काम गर्नको लागि अझै बढी हौसला मिलेको छ ।’ संसद्ले गरेको सम्मानप्रति खुसी हुँदै पोखरेलले बताए ।
नवनियुक्त अध्यक्ष सन्तोष कुँवरलाई स्वागत गर्दै आगामी दिनमा सहकार्यको अपेक्षा गरेको सांसद मार्क क्यूरले संसद्मार्फत बताएका छन् । उक्त वक्तव्यमा सांसद क्युरले एनआरएनए अस्ट्रेलियाले न्यू साउथ वेल्ससहित समग्र अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, एकता र पहिचान मजबुत बनाउन खेलेको भूमिकाको सराहना गरेका हुन्। उनले सेंट जर्ज क्षेत्र अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको प्रमुख केन्द्रमध्ये एक भएको उल्लेख गर्दै एनआरएनएको सक्रियताले समुदायलाई सशक्त बनाएको बताए।
संसद्मा प्रस्तुत वक्तव्य अनुसार एनआरएनए अस्ट्रेलियाले पछिल्ला दुई वर्षमा विभिन्न उल्लेखनीय उपलब्धि हासिल गरेको छ। संस्थाले विभिन्न राज्य तथा क्षेत्रहरूमा नौ वटा ‘नेपाल फेस्टिभल’ आयोजना गरी एक लाखभन्दा बढी सहभागी जुटाएको, सामाजिक कल्याण कोषमार्फत ७२ हजार डलरभन्दा बढी रकम वितरण गरेको तथा तीन हजारभन्दा बढी नेपालीलाई कन्सुलर सेवा उपलब्ध गराएको उल्लेख गरिएको छ।
त्यसैगरी नेपाली समुदायलाई लक्षित गर्दै आपतकालीन सहयोग तथा सामाजिक सेवा प्रदान गर्न संस्थाले आफ्नै कार्यालय स्थापना गरेको र उक्त कार्यालय समुदायका लागि भेटघाट तथा कार्यक्रम सञ्चालनको केन्द्रका रूपमा समेत प्रयोग भइरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
-
४ अर्ब ३० करोडको बजेट ल्याउँदै वीरगञ्ज महानगरपालिका
-
राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
-
ट्रम्पको बहुलठ्ठीपनः अमेरिकी साम्राज्यवादको संकट
-
गण्डकीमा थपिँदै रुग्ण आयोजना, ५४ ठुला आयोजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण