टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग भारत ७६ रनले पराजित
सारांश
- दक्षिण अफ्रिकाले टी-२० विश्वकपको सुपर ८ मा भारतलाई ७६ रनले पराजित गर्यो।
- दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १८७ रनको चुनौतीपूर्ण योगफल बनायो।
- जवाफमा भारत १११ रनमा समेटियो, जसले दक्षिण अफ्रिकालाई जित दिलायो।
काठमाडौँ । आइसीसी टी–२० विश्वकपको सुपर ८ चरणको महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ३५ बलमा ६३ रनको आक्रामक पारी खेल्दा, डेवाल्ड ब्रेभिसले २९ बलमा ४५ रन र ट्रिस्टन स्टब्सले २४ बलमा अविजित ४४ रनको योगदान दिए ।
जवाफमा भारतले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १११ रन बनाउन सक्यो । भारतका लागि शिभम दुबेले ३७ बलमा सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले खासै उल्लेख्य प्रदर्शन गर्न सकेनन् । हार्दिक पाण्ड्याले १७ बलमा १८ रन र सूर्यकुमार यादवले २२ बलमा १८ रनको योगदान दिए ।
यससँगै दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको सहज जित दर्ता गर्दै भारतसँग २०२४ विश्वकप फाइनलको बदला लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्यविभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण