आइतबार ७६ वटा गाडीमा हेडक्वार्टरबाट जिल्ला खटिए प्रहरी
सारांश
- प्रतिनिधिसभा निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा प्रहरी पठाएको छ।
- आइतबार ७६ वटा गाडीमा प्रहरी कर्मचारीहरू मधेस र कोशी प्रदेशको सुरक्षाका लागि प्रस्थान गरे।
- निर्वाचनको सुरक्षाका लागि केन्द्रबाट करिब १३ हजार प्रहरी परिचालन गर्ने योजना छ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी प्रहरी प्रधान कार्यालयबाट धमाधम प्रहरीहरूलाई जिल्लामा खटाइएको छ । आइतबार मात्रै ७६ वटा गाडीमा प्रहरी कर्मचारीहरू जिल्लाको लागी छुटेका छन् ।
आज मधेस र कोशी प्रदेशको सुरक्षामा खटिने गरी ७६ गाडी प्रहरी कर्मचारी त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । फागुन ९ मा ३३ वटा गाडीमा सुदूरपश्चिम प्रदेश र पूर्वका केही जिल्लामा प्रहरीहरू परिचालन गरिएको थियो । आजसम्म ७ हजार प्रहरी केन्द्रबाट जिल्लाहरूमा गएका छन् ।
यसै साता प्रहरी प्रधान कार्यालयले गण्डकी र बागमती प्रदेशमा थप मद्दतको रूपमा जनशक्ति खटाउँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रहरी प्रधान कार्यालयले केन्द्रबाट करिब १३ हजार प्रहरीलाई थप मद्दतको रूपमा परिचालन गर्ने योजना बनाएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थलको सुरक्षामा केन्द्रबाट थप प्रहरी परिचालन गर्न लागिएको हो ।
यो पनि पढौँ...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले दुई खेलमा पाँच गोल गरेसँगै ७८ वर्षअघिको त्यो चुनौतीपूर्ण रेकर्डतिर फुटबलप्रेमीकाे ध्यान
-
मण्डलामा अब ‘इजलास’ मञ्चन हुने
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण