नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो कोरियाली रेलमा प्रदर्शित
सारांश
- नेपालको पर्यटन प्रवर्द्धन गर्ने भिडियो कोरियाली रेलमा देखाइयो।
- राजदूतले कोरेलका प्रमुखसँगको भेटमा यो प्रस्ताव राखिन्।
- भिडियोमा लुम्बिनी, सगरमाथा लगायतका दृश्यहरू छन्।
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूतावासले तयार पारेको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रवर्द्धनात्मक भिडियो कोरियाको रेलमा प्रदर्शन गरिएको छ ।
सउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स हाइ स्पीड ट्रेन नं १०१ मा सो भिडियो प्रदर्शन गरिएको हो । यही फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको उक्त १७ सेकेन्डको भिडियो ‘स्क्रिनिङ’का लागि दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेले १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँगको भेटमा प्रस्ताव गरेकी थिइन् । कोरेल र योनहाप समाचार एजेन्सीको सहयोगमा सन् २०२६ को फेब्रुअरीभरि कोरेलद्वारा सउल बुसान रुटमा सञ्चालन हुने उक्त रेलमा दिनमा कम्तीमा दुई पटक उक्त भिडियो निःशुल्क ‘इन ट्रेन स्क्रिनिङ’ गराउन राजदूतावास सफल भएको हो ।
भिडियोमा लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ र बौद्ध स्तूपाका साथै नेपाली कला र संस्कृतिका केही भिडियो क्लिप समावेश रहेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण