लगनखेलमा कपडा गोदाममा लागेको आगो नियन्त्रणमा
सोमबार, ११ फागुन २०८२, ११ : ३९
सारांश
- ललितपुरको लगनखेलस्थित कपडा गोदाममा आगलागी भएको थियो।
- विद्युत् सर्ट भएर लागेको आगो दुई वटा दमकल प्रयोग गरी नियन्त्रणमा लिइयो।
- आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
काठमाडौँ । ललितपुर महानगरपालिका–१२ लगनखेल स्थित कपडा गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । इन्द्रकुमार शिल्पकारको घरको तेस्रो तलामा विजयकुमार शाहले भाडामा लिएर सञ्चालन गरेको कपडा गोदाममा आगो लागेको हो ।
विद्युत् सर्ट भएको आगलागी भएको र दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।
सो भवनमा बर्गर हाउस पनि सञ्चालन गरिएको छ । सोमबार बिहान लागेको आगो ९ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट ६० लाख क्षति भएको आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण