दोलखामा शिव भण्डारीसहितका नेताहरू एमालेमा समाहित
दोलखा । नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । नेतृ कल्पना भण्डारी, भीमेश्वर नगरपालिकाकी पूर्वउपमेयर शान्त बस्नेतसहितका जिल्लाका प्रभावशाली नेता, कार्यकर्तासहित उनी एमालेमा फर्किएका हुन् । भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापतिसमेत भइसकेका नेता हुन्।
सोमबार बिहान चरिकोटमा आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारी सहितलाई एमाले दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका संस्थापक नेताद्वय जितवीर लामा र लालकुमार केसी, केन्द्रीय सदस्यहरू रचना खड्का, श्यामकुमार बस्नेतलगायतका जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाई समन्वय र सहकार्यसहित सक्रिय बन्न आह्वान गरे । ‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनको भनाइ थियो ।
नेता भण्डारीले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत बताए । ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनको भनाइ थियो ।
चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी) मा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । पार्टी महाधिवेशन हुँदा उनी घनश्याम भुसाल प्यानलबाट उपमहासचिवको उम्मेदवार बनेका थिए । एमालेलाई बाइपास गरेर माओवादीसँग मात्र मिल्ने अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पङ्क्तिको निर्णयमा असहमत भण्डारीलाई समर्थन गर्ने दोलखाको बहुसङ्ख्यक हिस्सा एकतामा सामेल भएका थिएनन् ।
एमाले नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा एमालेको सङ्गठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण