बालेनलक्षित ओलीको कटाक्ष : बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ
झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताएका छन् । बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गरेका हुन् ।
सोमबार झापामा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराए । उनले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताए ।
अध्यक्ष ओलीले भने, ‘मलाई सरकारबाट हटाएपछि ड्राईभर विनाको गाडीजस्तो हुन्छ देश । म सरकारमा आउने वित्तिकै फेरि देश कुद्छ । मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यही बस्छ । म सुन्छु, प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले तपाइँहरुले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चा भइहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गर्दियो । मान्छेहरुलाई लाग्यो– ख्याल ख्याल जस्तो । तर यस्तो होइन ।’
अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि देशको हालत ड्राईभरले गाडी छोडेजस्तो हुने जिकिर समेत गरे । उनले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गरे । देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण