जेसिकासिंह ठकुरीले त्यागिन् ‘मिस ग्रान्ड नेपाल २०२५’ को उपाधि
सारांश
- मिस ग्रान्ड नेपाल २०२५ की विजेता जेसिकासिंह ठकुरीले उपाधि त्यागेकी छिन्।
- उनले दुर्व्यवहार, दबाब र स्वास्थ्य समस्याका कारण पद छोडेको बताइन्।
- उनले छिट्टै राजीनामाको कारणबारे विस्तृत भिडियो सार्वजनिक गर्ने बताएकी छिन्।
काठमाडौँ । ‘मिस ग्रान्ड नेपाल २०२५’ को ताज विजेता जेसिकासिंह ठकुरीले आधिकारिक रूपमा आफ्नो उपाधि त्यागेकी छन् । उनले सामाजिक सञ्जाल इन्ष्टाग्राममार्फत एक वक्तव्य जारी गर्दै दुर्व्यवहार, निरन्तर दबाब तथा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यप्रति गम्भीर चिन्ताका कारण पद छोड्न बाध्य भएको बताएकी छन् ।
यस्तो निर्णय गहिरो पीडा तर स्पष्ट बुझाइका साथ लिएको उनको भनाइ छ । उपाधि जित्नु आफ्नो जीवनकै गर्विलो क्षण भएको बताएकी उनले आफ्नो मर्यादा, मूल्य र आत्मसम्मान जोगाउन पद त्याग्नु आवश्यक भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रिय आयोजक संस्थासँगको अनुभव भने यात्राकै सबैभन्दा कठिन र हृदयविदारक अध्याय बन्यो ।’
‘अन्तर्राष्ट्रिय सहभागिताका क्रममा उनले दुर्व्यवहार र धम्कीसमेत भोग्नुपरेको छ’, उनले अगाडि भनेकी छन्– ‘निरन्तर मानसिक दबाबले आफ्नो स्वास्थ्यमा गम्भीर असर पारेको छ ।’
अवस्था सुधारिने आशामा लामो समयसम्म मौन बसेको बताएकी उनले अन्ततः कुनै पनि ताजले शान्ति, स्वास्थ्य र आत्मपहिचानभन्दा ठुलो मूल्य राख्दैन भन्दै त्यागको निष्कर्षमा पुगेको उल्लेख गरेकी छन् ।
जेसिकाले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै राजीनामाको विस्तृत कारण र आफ्नो अनुभवबारे छिट्टै विस्तृत भिडियो सार्वजनिक गरेकाे जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
-
काठमाडौँमा योग दिवसको पूर्वसन्ध्यामा विशेष कार्यक्रम
-
जेठमा कोशीको बजेट खर्च १ अर्ब ५४ करोड, आम्दानी ४ लाख !
-
शिक्षा तथा खेलकुदमन्त्री पोखरेल सुर्खेतमा : रङ्गशालादेखि विश्वविद्यालयको अनुगमन
-
थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण