पक्राउ
वैदेशिक रोजगार विभागबाट भागेका थुनुवा पक्राउ
सोमबार, ११ फागुन २०८२, २२ : २५
काठमाडौँ । काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभागबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–१ घर भएर बालाजु बस्दै आएका ३३ वर्षीय सुरेश परियार छन् । प्रहरी वृत्त कालीमाटीबाट बयान गर्न लगिएका परियार आइतबार विभागका अधिकृतको कार्यकक्षबाट भागेका थिए । उनलाई विभागले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।
आरोपीलाई सोमबार काभ्रेको बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए । प्रहरी वृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेर काठमाडौँ ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण