शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको झण्डा जलाउने पक्राउ

मङ्गलबार, १२ फागुन २०८२, ०७ : १४
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाएर गालीगलौज गर्ने युवक पक्राउ परेका छन्।
  • सामाजिक सञ्जालमा भाइरल भिडियोको आधारमा अनुसन्धान गर्दा हरि नारायण मण्डल पक्राउ परे।
  • पक्राउ परेका मण्डलमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अंकित झण्डा र फोटोसहितको ब्यानर जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

उक्त भिडियोमा पछाडिबाट उत्तेजित हुँदै पार्टीलाई विभिन्न आरोप लगाउने र अश्लील भाषामा गाली गर्ने व्यक्तिको पहिचान गरी प्रहरीले ३१ वर्षीय हरि नारायण मण्डललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यो घटना गत फागुन ६ गते राति करिब ९ बजे भगवतपुरमा भएको थियो।

सामाजिक सञ्जालमा फैलिएको भिडियोको आधारमा अनुसन्धान गर्दा मण्डलको संलग्नता देखिएपछि उनलाई खोजतलास गरिएको थियो। प्रहरीले उनलाई फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नम्बर ३ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेपछि सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलिएको स्वर आफ्नै भएको र आफूले नै गालीगलौज गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका मण्डलमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय राजविराजबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता डम्बर बहादुर पुरीले दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप