गौरमा साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा
सारांश
- रौतहटको सबगढामा साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।
- जनमत पार्टीका जिल्ला इन्चार्ज र वडाध्यक्षलाई जमानीमा रिहा गरिएको छ भने दुई जना पक्राउ परेका छन्।
- प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको छ र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाएको छ।
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ६ स्थित सबगढामा भएको साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद, वडा ६ का वडाध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बखत उपस्थित गराउने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले दिएको जानकारी अनुसार गएको शनिबार सबगढा घटनालाई चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई पक्राउ गरिएको छ।
डिएसपी वस्यालका अनुसार दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। जिम्मा जमानीमा रिहा गरिएका जमशैद, वडा अध्यक्ष विहारीसहित तीन जनाको मोबाइल प्रहरी नियन्त्रणमा लिइएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताएका छन्। परीक्षणका क्रममा दोषी ठहर हुने प्रमाण फेला परेमा सोही कसुरअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ।
सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ लगायत रहेका छन्।
के थियो घटना ?
गत बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सवगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि बाट गएको थियो।
मस्जिदमा नमाज पढ्ने क्रममा बाजा किन बजाएको भनेर मुस्लिम समुदायले डिजे समूहलाई कुटपिट गरेको विषयलाई लिएर साम्प्रदायिक बिवाद सुरु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण