कांग्रेसले गर्यो साम्बालाई ५ लाख रुपैयाँ सहयोग
सारांश
- नेपाली कांग्रेसले महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि ५ लाख सहयोग गरेको छ।
- सावित्रा भण्डारी घुँडाको चोटका कारण जटिल शल्यक्रियाको तयारीमा छिन्, जसका लागि कांग्रेसले सहयोग गरेको हो।
- कांग्रेसले एन्फाको खातामा रकम जम्मा गरेको र नेताहरूले सावित्राको स्वास्थ्यलाभको कामना गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन् । उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुसार एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको जनाइएको छ ।
कांग्रेसका सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी साम्बाप्रति उच्च सम्मान व्यक्त गर्दै यतिबेला सबैले उनलाई साथ दिनुपर्ने बताएका छन् । उनले पार्टी र व्यक्तिगत तर्फबाट उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
कांग्रेसले खेलकुदलाई मनोरञ्जनभन्दा माथि उठाएर राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण