मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी बेलायतमा पहिलो शिशु जन्म
लन्डन । बेलायतमा मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी पहिलो पटक शिशुको जन्म भएको छ । केन्टकी ग्रेस बेल नामकी महिलाले जन्माएको बालक ह्युगो अहिले १० हप्ताको भएका छन् ।
चिकित्सकहरूले यस उपलब्धिलाई ऐतिहासिक र मार्गप्रशस्त गर्ने क्षण भन्दै समान समस्याबाट पीडित महिलाका लागि नयाँ आशाको रूपमा वर्णन गरेका छन् ।
तीस वर्ष उमेर समूहकी बेल जन्मदेखि नै गर्भाशयविहीन थिइन् । यो अवस्था एमआरकेएच सिन्ड्रोमका कारण हुन्छ । यस अवस्थामा महिलामा सामान्य डिम्बाशय भए पनि गर्भाशय नहुने भएकाले स्वाभाविक रूपमा गर्भधारण सम्भव हुँदैन । बेललाई १६ वर्षकै उमेरमा आफूले आफ्नै गर्भबाट बच्चा जन्माउन नसक्ने जानकारी दिइएको थियो ।
बेल र उनका पार्टनर स्टिभ पावेलका लागि बच्चा पाउने विकल्प सरोगेसी वा गर्भाशय प्रत्यारोपण मात्र थियो । पछि मृत दाताबाट गर्भाशय उपलब्ध भएपछि चिकित्सक टोलीले सफल प्रत्यारोपण गरे । त्यसपछि बेलले प्राकृतिक रूपमा गर्भधारण गरी गत डिसेम्बरमा पश्चिम लन्डनस्थित क्विन चार्लोट्स एन्ड चेल्सी हस्पिटलमा करिब सात पाउन्ड तौलको शिशु जन्माइन् ।
बेलले दाता परिवारप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई अविश्वसनीय उपहार बताएकी छन् । ‘म हरेक दिन दाता र उनको परिवारलाई सम्झन्छु । उनकी छोरीले मलाई जीवनकै सबैभन्दा ठूलो उपहार दिएकी छिन,’ उनले भनिन् ।
विशेषज्ञहरूका अनुसार बेलायतमा करिब ५ हजार महिला एमआरकेएच सिन्ड्रोमबाट प्रभावित छन् । यस सफलताले भविष्यमा यस्ता महिलालाई आफ्नै गर्भबाट सन्तान जन्माउने सम्भावना अझ विस्तार हुने विश्वास गरिएको छ । चिकित्सक टोलीले यस प्रविधिलाई सुरक्षित र पहुँचयोग्य बनाउन थप अनुसन्धान जारी राख्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण