बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मस्कको आलोचनापछि कानुनी कदमबारे सोच्दै मेक्सिकोकी राष्ट्रपति शेनबाउम

बुधबार, १३ फागुन २०८२, ०९ : ०८
बुधबार, १३ फागुन २०८२

सारांश

  • मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामले एलन मस्कको टिप्पणीपछि कानुनी कारबाहीबारे विचार गरिरहेकी छिन्।
  • मस्कले राष्ट्रपतिलाई लागूऔषध कार्टेलसँग निकट रहेको आरोप लगाएका थिए, जसलाई उनले हास्यास्पद र आधारहीन बताइन्।
  • देशभरि बढेको हिंसा र कार्टेल नेताको मृत्युपछि मस्कले शीनबामको सुरक्षा नीतिमाथि कटाक्ष गरेका थिए।

मेक्सिको सिटी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शीनबामले अमेरिकी खर्बपति व्यापारी एलन मस्कको टिप्पणीपछि सम्भावित कानुनी कारबाहीबारे विचार भइरहेको बताएकी छन् । मस्कले उनलाई लागूऔषध कार्टेलसँग निकट रहेको आरोप लगाएका थिए ।

मंगलबार बिहानको पत्रकार सम्मेलनमा शेनबाउमले वकिलहरूले विषय अध्ययन गरिरहेको बताउँदै आरोपलाई पूर्णतः हास्यास्पद र आधारहीन ठहर गरेकी छिन् । उनले आफूले नेतृत्व गरेको सरकारलाई नार्को–सरकार भनिएको दाबी स्वतः खण्डित हुने बताइन् ।

पछिल्ला दिनहरूमा देशभरि बढेको हिंसापछि शेनबाउमको सुरक्षा नीतिमाथि आलोचना भइरहेको छ । आइतबार शक्तिशाली कार्टेल नेता नेमेसियो ओसेगुएरा सर्वेंटेस उर्फ एल मेन्चोको मृत्यु भएपछि स्थिति झन तनावपूर्ण बनेको थियो ।

मेक्सिकी सेनाले उनलाई मध्य मेक्सिकोको टापाल्पा क्षेत्रमा फेला पारेको थियो । सुरक्षाकर्मीको गोली लागेपछि उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ । त्यसपछि उनको संगठन जलिस्को न्यू जनरेशन कार्टेलका सदस्यहरूले सडक अवरोध, आगजनी र सुरक्षाकर्मीसँग झडप गरेका थिए, जसमा दर्जनौँ मानिस मारिएका थिए ।

यही घटनापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मस्कले शेनबाउममाथि कटाक्ष गरेका थिए । एक भिडियो क्लिपको जवाफमा उनले उनी आफ्ना कार्टेल मालिकहरूले भनेअनुसार बोलिरहेकी छिन् भन्दै टिप्पणी गरेका थिए । उक्त भिडियोमा शेनबाउमले ‘ड्रग्सविरुद्धको युद्ध’ जस्तो सैन्यवादी रणनीतिका विकल्प खोज्नुपर्ने धारणा राखेकी थिइन् ।

दक्षिणपन्थी सरकारहरूको आलोचक मानिने मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिन्छन् । ट्रम्पले पनि कार्टेलविरुद्ध थप सैन्य कारबाहीको पक्षमा आवाज उठाउँदै आएका छन् ।

शेनबाउम सरकारले भने हिंसा नियन्त्रण र सुरक्षा सुदृढीकरणका उपायहरू जारी रहेको बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप