साझेदारीको अभावले पाकिस्तान पराजित, अफ्रिदीले औँल्याए ब्याटिङको कमजोरी
सारांश
- शाहिन शाह अफ्रिदीका अनुसार ब्याटिङमा साझेदारी नहुँदा पाकिस्तानले खेल गुमायो।
- इंग्ल्याण्डविरुद्धको खेलमा पाकिस्तानले १६४ रन मात्र बनायो, जसले गर्दा हार भयो।
- अफ्रिदीले मध्यक्रममा सेट ब्याट्सम्यान नटिक्दा ठूलो स्कोर बनाउन नसकेको बताए।
पल्लेकेले । स्टार बलर शाहिन शाह अफ्रिदीले ब्याटिङमा बलियो साझेदारी हुन नसक्दा पाकिस्तानले इंग्ल्याण्डविरुद्धको खेल गुमाउनुपरेको बताएका छन् । पल्लेकेलेको ब्याटिङ मैत्री पिचमा पाकिस्तानले बनाएको १६४ रनको योगफल अपर्याप्त भएको र थप १५ देखि २५ रन जोड्न सकेको भए नतिजा उल्टिन सक्ने उनले दाबी गरेका हुन् ।
इंग्ल्याण्डले अन्तिम ओभरमा २ विकेट बाँकी छँदै लक्ष्य पूरा गरे पनि पाकिस्तानले मध्यम ओभरमा लगातार विकेट गुमाउँदा ठूलो स्कोर खडा गर्ने अवसर गुमाएको थियो । शाहिनका अनुसार यस्तो समतल पिचमा कम्तीमा १८० देखि १९० रनको आवश्यकता थियो ।
उनले खेलपछि बोल्दै मध्यक्रममा एक जना सेट ब्याट्सम्यानले अन्त्यसम्म टिकेर खेल्नुपर्नेमा जोड दिए । इंग्ल्याण्डका ह्यारी ब्रुकले क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्दै साझेदारी निर्माण गरेको उदाहरण दिँदै शाहिनले पाकिस्तानले त्यही रणनीति अपनाउन नसकेको स्वीकार गरे । विशेषगरी मध्य ओभरमा आदिल राशिदको कसिलो बलिङले पाकिस्तानको रन गति रोकेको र साझेदारी तोड्न भूमिका खेलेको उनले बताए ।
ब्याटिङमा चुके पनि बलिङमा भने शाहिन अफ्रिदी लयमा फर्किएका छन् । यसअघिका खेलहरूमा खासै जम्न नसकेका उनले इंग्ल्याण्ड विरुद्ध घातक बलिङ गर्दै ४ विकेट लिए । खेलको पहिलो बलमै फिल साल्टलाई आउट गर्दै उनले पाकिस्तानलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
उनले ३० रन खर्चेर ४ विकेट लिने क्रममा शतक प्रहार गरेका ह्यारी ब्रुकलाई समेत आउट गरे । आफ्नो मुख्य काम नै सुरुवाती ओभरमा विकेट लिनु रहेको र त्यसै अनुसार योजना बुनेर मैदान उत्रिएको शाहिनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026