दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु
सारांश
- दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्।
- दुर्घटना अल-महफद जिल्लाको लाहमार क्षेत्रमा भएको थियो, जसमा बस पूर्ण रूपमा जलेको थियो र कोही पनि जीवित रहेनन्।
- खतरनाक मोडमा गलत ओभरटेक र बसमा इन्धनका रूपमा प्रयोग गरिएको ग्यासका कारण दुर्घटना भएको बताइएको छ।
सना । दक्षिणी यमनमा बस र ट्रक ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मर्नेमा आठ महिला र बालबालिका पनि रहेका छन् । स्थानीय अधिकारीका अनुसार दुर्घटना मङ्गलवार अब्यान र शब्वा प्रान्त जोड्ने मुख्य सडक अन्तर्गत अल–महफद जिल्लाको लाहमार क्षेत्रमा भएको हो ।
दुई सवारी एक आपसमा ठोक्किँदा भीषण आगलागी भएको र सानो बस पूर्ण रूपमा जलेको बताइएको छ । आगलागीका कारण बसमा सवार कोही पनि जीवित बच्न नसकेको टर्कीको आनादोलु समाचार एजेन्सीले जनाएको छ ।
सुरक्षा अधिकारीहरूको भनाइ उद्धरण गर्दै रोयटर्सले दुर्घटनाको कारण खतरनाक मोडमा गलत ओभरटेक भएको उल्लेख गरेको छ । साथै बसमा इन्धनका रूपमा प्रयोग गरिएको ग्यासले तत्काल आगो सल्किन सहयोग पुगेको समेत बताइएको छ । जसका कारण बसभित्र रहेका सबै यात्रु जलेका थिए । हालैका वर्षहरूमा यसलाई यमनको दोस्रो सबैभन्दा घातक सडक दुर्घटना मानिएको छ ।
यसलाई सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठुलो दुर्घटना बताइएको छ । गतवर्ष अब्यान प्रान्तको जोखिमपूर्ण पहाडी सडकमा भएको अर्को दुर्घटनामा १७ जनाको ज्यान गएको थियो । यमनमा सडक दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च छ ।
यसका पछाडि दुर्गम भूगोल, कमजोर सडक पूर्वाधार र वर्षाैँदेखि जारी द्वन्द्वलाई प्रमुख कारण मानिन्छ । सन् २०१४ देखि हुथी विद्रोही र सरकारी फौजबिचको सङ्घर्षले देशको सडक सञ्जाललाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण