प्रचण्डको दाबी– नेकपाले प्रत्यक्षमा ६० सिट जित्छ
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन्।
- वाम बुद्धिजीवीहरूसँगको बैठकमा प्रचण्डले पार्टीको जित्नेमा 'कन्फिडेन्स' रहेको बताए।
- प्रमेश हमालले नेकपाले प्रत्यक्षमा ६० सिट र समानुपातिकमा २०-२५ लाख मत ल्याउने दाबी गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा प्रत्यक्षतर्फ ६० सिट जित्ने दाबी गरेका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीवी सहितको बैठकमा प्रचण्डले उक्त दाबी गरेका हुन् ।
‘हाम्रो पोलिटिकल लाइन क्लियर भएको छ । हामीले ‘इफ’, ‘बट’ केही राखेका छैनौँ । सिधा राष्ट्र, लोकतन्त्र र संविधानको पक्षमा भन्ने भएकाले ‘कन्फिडेन्स’ आएको छ साथीहरूलाई’, उनले भने, ‘निष्पक्ष निर्वाचन हुने हो भने हाम्रो पक्षमा राम्रो रिजल्ट निस्कन्छ । पहिलाको भन्दा राम्रो हुन्छ भनेर हाम्रा कट्टर विरोधीले पनि भन्न थालेका छन् । कतिपयले रिपोर्ट निकाल्दा अप्रत्याशित रूपमा धेरै आउने भयो पनि भन्ने गरेका छन् । तर ६० प्लस नेपाली कम्युनिस्ट पार्टीले जित्ने आँकलन गरिएको छ ।’
बैठकमा सहभागी नेता प्रमेश हमालले पनि फागुन २१ मा हुने निर्वाचनमा नेकपाले प्रत्यक्षमा ६० सिट जित्ने ब्रिफिङ गरेको बताए । उनले समानुपातिकतर्फ कम्तीमा २० देखि २५ लाख मत ल्याउने जिकिर गरे ।
‘हामीले स्थानीय कमिटीले दिएको रिपोर्टको आधारमा भन्ने हो । वाम बुद्धिजिवीहरूले पनि यो पटक हाम्रो पार्टीले राम्रा गरेको बताएका छन् । संयोजकले पनि प्रत्यक्षतर्फ ६० सिट जित्ने बिफ्रिङ गर्नुभयो । वास्तविक धरातल त्यस्तो छ कि छैन, त्यसबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको छ’, उनले भने । १२ वर्षपछि एक्लै चुनावमा होमिएको नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले जित्ने सम्भावना भएको क्षेत्रमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
-
ठगीको अभियोगमा तीन जना पक्राउ
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण