कम्बोडियाका विपक्षी नेता चान्थी जेलमुक्त
कम्बोडिया । सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा भएका छन् ।
नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो । कम्बोडियाली अधिकारीहरूले यो आरोप बारम्बार सरकारी आलोचकविरुद्ध प्रयोग गर्छन् ।
जापानमा समर्थकहरूसँगको भेटका क्रममा कम्बोडियाली सरकारको आलोचना गर्ने भिडियो क्लिपसहित उनको सामाजिक सञ्जाल पोष्टसँग उनको मुद्दा सम्बन्धित छ।
नेसन पावर पार्टीका सल्लाहकार रोङ चुनले राजा नोरोद्दोम सिहामोनीले आममाफी दिएपछि चान्थीलाई बुधबार बिहान पुर्सात प्रान्तको एक जेलबाट रिहा गरिएको बताए ।
चुनले आफ्ना नेताको रिहाइको स्वागत गर्दै भने, “जेलमुक्त गरिएका चान्थीलाई उहाँकी श्रीमतीले जेलबाट बुझ्नुभएको छ ।”
परम्परागत रूपमा सरकारको अनुरोधमा कब्बोडियाका राजाले शाही माफी जारी गर्ने परम्परा रहेको छ । चुनले रिहाइको पुष्टि गर्दै भने, “चान्थीको समय अगावै भएको रिहाइको लागि कुनै कारण दिइएको छैन।”
लामो समयदेखि विपक्षी नेता र मजदुर कार्यकर्ता रहेका रोङ छुन आफैँले गत वर्ष यस्तै उक्साएको आरोपमा चार वर्षको जेल सजाय पाएपछि मुद्दाबारे अपिल गरिरहेका छन्।
सन् २०२४ मा उनले भूमि विवादका पीडितहरूलाई भेटेपछि र प्रधानमन्त्री हुन मानेटको भियतनामको सीमामा रहेको क्षेत्रमा टिप्पणी गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको थियो।
चुनले बुधबार उनीविरुद्धको आरोप फिर्ता लिन र जेलमा रहेका दलका अन्य कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् । अधिकारवादी समूहहरूले लामो समयदेखि कम्बोडियाको सरकारले कानुनी मुद्दालाई विपक्षी आवाज र वैध राजनीतिक असहमतिलाई दबाउन रणनीतिको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएका छन्।
नेता हुन सेनले करिब चार दशकको शासनपछि राजीनामा दिएपछि उनका छोरा हुन मानेटले सन् २०२३ मा सत्ता सम्हाल्हेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण