सिड्नीमा होली धमाका हुँदै
सारांश
- सिड्नीमा अर्बन नेप्लिज कम्युनिटीले २८ फेब्रुअरीमा होली धमाका आयोजना गर्दैछ।
- होलीमा सहभागी हुनेहरूले इन्डोनेसियाको बालीको टिकट जित्ने अवसर पाउनेछन्।
- कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन्, र प्रवेश निःशुल्क हुनेछ।
काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा होली धमाका आयोजना गर्ने भएको छ । २८ फेब्रुअरीमा ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रंगको चाँड होली मनाउन आउनेले इण्डोनेसियाको बाली जान २ वटा टिकट पाउने छन् । होलीको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
सिड्नी होली धमाकामा करन भट्ट , डिजे नटकेस ,मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानीय कलाकारले प्रस्तुतिहरू दिने छन् ।
रंगहरूको पर्वलाई अझै उत्सवमय बनाउन होली धमाका आयोजना गरिएको उनको भनाइ छ । प्रवासी जीवनको व्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपालीहरू रंगको पर्व मनाउनलाई होली धमाका आयोजना गरिएको उनले बताए ।
नेपालीले प्रवासमा रहेर चाडबाड मनाउन पाउन भनेर यस होली धमाकाको आयोजना गरिएको श्रेष्ठले बताए । नेपालीहरूले प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई नभुलुन भनेर यस्ता पर्वलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण