टी–२० विश्वकप: न्युजिल्यान्डसँग पराजित हुँदै पूर्वविजेता श्रीलंका प्रतियोगिताबाट बाहिरियो
सारांश
- सन् २०१४ को विजेता श्रीलंका आईसीसी टी२० विश्वकपको सुपर ८ बाट बाहिरियो।
- न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १०७ रन मात्र बनायो।
- लगातार दुई हारसँगै श्रीलंका सुपर ८ बाट बाहिरिएको हो।
काठमाडौँ । सन् २०१४ को विजेता श्रीलंका आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणबाट बाहिरिएको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ६१ रनको फराकिलो अन्तरले पराजित भएसँगै घरेलु टोली श्रीलंकाको सेमिफाइनल यात्रामा पूर्णविराम लागेको हो ।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि मिचेल सान्टनरले २६ बलमा सर्वाधिक ४७ रन बनाए भने रचिन रविन्द्रले ३२ तथा कोल म्याकोन्चीले अविजित ३१ रनको योगदान दिए ।
१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले सर्वाधिक ३१ रन तथा दुनिथ वेल्लालागेले २९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
सुपर ८ मा यो श्रीलंकाको लगातार दोस्रो हार हो । यसअघि आफ्नो पहिलो खेलमा श्रीलंका इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको थियो । लगातार दुई हारसँगै अंकविहीन रहेको श्रीलंका सुपर–८ को अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको छ । अब उसले शनिबार पाकिस्तानविरुद्ध खेल्ने अन्तिम खेल औपचारिक मात्र हुनेछ ।
यो जितले भने न्युजिल्यान्डको सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । फराकिलो जितले टोलीको नेट रन रेटमा पनि उल्लेख्य सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण