सीमा क्षेत्रका मतदानस्थलको निरीक्षण
सुनसरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा रहेका मतदान स्थलको अनुगमन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले कोशी प्रदेश तथा सुनसरी जिल्लाअन्तर्गतका सुरक्षा निकायले संयुक्त रूपमा बुधबार मतदानस्थलको अनुगमन सुरु गरेका हुन् ।
निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अबस्थाको स्थलगत निरीक्षण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकरी वासुदेव घिमिरेले जानकारी दिए ।
नेपाल–भारतसँग सीमा जोडिएको सुनसरीको बर्जु, देवागन्ज, हरिनगर र कोसी गाउँपालिकामा रहेका मतदानस्थलको निरीक्षण अनुगमन गरिएको उनले बताए । मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपत्कालीन अबस्था अवस्थाबारे जानकारी लिनका लागि अनुगमन निरीक्षण गरिएको प्रजिअ घिमिरेले बताए। निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने सुनसरीका सुरक्षा अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै निश्चिन्त भएर मतदान प्रक्रियामा सहभागी हुन आम मतदातालाई सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण