हङकङमा प्रजातान्त्रिक अभियन्ताको पितालाई आठ महिनाको जेल सजाय
सारांश
- हङकङको अदालतले प्रजातान्त्रिक अभियन्ता एन्ना क्वोकका पितालाई राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा आठ महिना जेल सजाय सुनाएको छ।
- एन्ना क्वोककी छोरीको वित्तीय सम्पत्ति व्यवस्थापन गर्न खोजेको आरोपमा ६९ वर्षीय क्वोक यिन-साङलाई दोषी ठहर गरिएको हो।
- यो घटना हङकङको विवादास्पद सुरक्षा कानून अन्तर्गत विदेशमा रहेका प्रजातन्त्रवादी कार्यकर्ताको परिवारसँग सम्बन्धित पहिलो मुद्दा हो।
हङकङ । हङकङको अदालतले प्रजातान्त्रिक अभियन्ता एन्ना क्वोकको पिता क्वोक यिन–साङलाई राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा आठ महिना जेल सजाय सुनाएको छ । यो घटना विदेशमा फरार प्रजातान्त्रिक कार्यकर्ताको परिवारसँग सम्बन्धित पहिलो मुद्दा हो ।
६९ वर्षीय यीन–साङलाई २०२० मा हङकङ छोडेकी उनकी छोरी एन्ना क्वोकको वित्तीय सम्पत्ति व्यवस्थापन गर्ने प्रयास गरेको आरोप लागेको थियो । उनलाई हङकङको गृह कानून ‘आर्टिकल २३’ अन्तर्गत दोषी ठहर गरिएको हो ।
हङकङ अधिकारीहरूका अनुसार, यो कानूनले देशद्रोह, पृथकतावाद जस्ता कार्यहरू नियन्त्रण गर्न आवश्यक छ । आलोचकहरू भने यसलाई असहमति दबाउने औजारको रूपमा हेर्छन् । हाल अमेरिकामा बसोबास गर्दै आएकी २९ वर्षीया एन्ना क्वोकलाई विदेशी शक्तिसँग मिलेर काम गरेको आरोप लागेको छ । हङकङ प्रहरीले उनको टाउकोमा १ मिलियन हङकङ डलरको पुरस्कार राखेको छ । उनी हङकङ डेमोक्रेसी काउन्सिलको कार्यकारी निर्देशक पनि हुन् ।
उनकी बाबु र भाईलाई गत वर्ष पक्राउ गरिएको थियो । तर मुद्दा बाबुलाई मात्रै चलाइयो । अभियोजनका अनुसार, क्वोक यीन–साङले उनकी छोरीको लागि बाल्यकालमा खरिद गरेको बीमा नीतिबाट करिब ११ हजार अमेरिकी डलर पठाउन खोजेका थिए । अदालतमा बचाउ पक्षले उक्त बीमा अझै बाबुको नाममा रहेको र उनकै सम्पत्ति भएको दाबी गरेको थियो । तर अभियोजनले भने, एन्ना जब वयस्क भइन्, बीमा स्वतः उनको नाममा सरेको बताएका छन् ।
पश्चिम कोवलुन म्याजिक्ट्रेट अदालतले ११ फेब्रुअरीमा उनलाई दोषी ठहर गर्याे । उनको बाबुको मुद्दा विदेशमा उनको अधिकारवादी अभियानलाई दबाउने प्रयास भएको बाबुकलाई सजाय सुनाउनुअघि एन्ना क्वोकले बीबीसीसँग भनेकी थिइन् । ‘मेरो बाबुको मुद्दाले देखाउँछ कि हङकङमा राजनीतिक स्वतन्त्रता नयाँ न्यूनतममा पुगेको छ । हङकङ सरकारले बीजिङबाट सिकेर हरेक प्रकारको स्वतन्त्रता र अभियान दबाउन प्रतिबद्ध छ ।’ उनले भनेकी थिइन् ।
हङकङ प्रहरी र सरकारले भने बीबीसीलाई जवाफ दिँदै कानून अनुसार कदम चालिएको बताएका छन् । कानूनी कार्यवाहिलाई राजनीतिक दृष्टिकोण, पृष्ठभूमि वा पेशासँग नजोडिएको सरकारको बयानमा भनिएको छ । ‘राष्ट्रिय सुरक्षा खतरा पुर्याउने अपराधमा संलग्न संशयितलाई विदेशमा भए पनि खोज्नु हाम्रो जिम्मेवारी हो,’ सरकारले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण