सामसङले भित्र्यायो अहिलेसम्मकै स्मार्ट ग्यालेक्सी एस २६ सिरिज
काठमाडौँ । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड सामसङले आफ्नो बहुप्रतिक्षित 'ग्यालेक्सी एस२६' सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक 'ग्यालेक्सी एआई' प्रविधिद्वारा सुसज्जित यो नयाँ सिरिजले स्मार्टफोनको प्रयोगलाई अझ सहज, व्यक्तिगत र बुद्धिमानी बनाउने दाबी गरिएको छ ।
प्रयोगकर्ताको दैनिक जीवन र बानी व्यहोरालाई बुझेर सोही अनुसार कार्यसम्पादन गर्ने क्षमता नै यसको मुख्य विशेषता हो। नयाँ पुस्ताको ग्यालेक्सी एआईले भरिएको यो उपकरणले स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता र सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्याएको छ ।
यसमा रहेको बुद्धिमान क्यामेरा क्षमता र रियल–टाइम सहयोगले दैनिक कार्यहरूलाई निकै सरल बनाउनेछ । विशेषगरी एआई आधारित ब्याट्री अप्टिमाइजेसन र उन्नत प्रोसेसिङ क्षमताले गर्दा प्रयोगकर्ताले दिनभर भरपर्दो प्रदर्शन र उत्कृष्ट मल्टिटास्किङको अनुभव लिन सक्नेछन् । जुनसुकै वातावरणमा पनि स्पष्ट फोटो र भिडियो खिच्नका लागि यसको एआई क्यामेरा प्रणालीले असाधारण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
सामसङ एमएक्स डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले ग्यालेक्सी एस २६ सिरिजले आफ्ना प्रयोगकर्तालाई वास्तवमै बुझ्ने र नेपाली उपभोक्ताको सिर्जनशीलता एवं उत्पादकतालाई अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार ग्यालेक्सी एआईले स्मार्टफोन प्रयोगको अनुभवलाई स्वभाविक र सहज बनाउँदै नयाँ मोड दिनेछ ।
नेपाली बजारमा यसको औपचारिक बिक्री सुरु हुनुअघि नै सामसङ नेपालले ह्यान्ड रेजर अफरमार्फत रुचि दर्ता गर्ने ग्राहकका लागि विशेष सुविधाहरू प्रदान गरेको थियो । अहिले यो सिरिज देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध छ । ग्राहकको सहजताका लागि हुलास फिनसर्भमार्फत इन्स्टा फाइनान्स प्रयोग गरी २४ महिनासम्मको सहज ईएमआई र आकर्षक एक्सचेन्ज सुविधा समेत उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण