धर्मेन्द्र बास्तोला र एस.पी शाह रिहा
सारांश
- चुनाव बिथोल्ने गतिबिधीको आरोपमा पक्राउ परेका धर्मेन्द्र बास्तोला र एस.पी शाह रिहा भएका छन्।
- सर्वोच्च र उच्च अदालतको आदेशले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो।
- उनीहरु फागुन ५ गते पक्राउ परेका थिए र निर्वाचनको विरोधमा गतिविधिमा संलग्न थिए।
काठमाडौँ । चुनाव बिथोल्ने गतिविधि गरेका आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ समूहका एस.पी शाह (सुनिल प्रसाद शाह) रिहा भएका छन् । अदालतको आदेशले उनीहरूलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
उनीहरू दुवै जना फागुन ५ मा पक्राउ परेका थिए । धर्मेन्द्र बास्तोलालाई सर्वोच्च अदालत र एस.पी शाहलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न आदेश गरेको हो । बास्तोलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन्धाराबाट पक्राउ गरेको थियो । उनीसँगै बहुमत पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ परेका थिए । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेको निर्वाचनको विरोध गर्दै आएको छ ।
अर्का आरोपी एस.पी शाहले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि उनको पक्राउको विरोधमा सार्वजनिक सवारीमा आगजनी गर्न समर्थकहरूलाई निर्देशन दिएका थिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ पनि सर्वोच्चको आदेशले रिहा भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण