कास्कीमा आजदेखि रक्सी पिउन र किनबेच गर्न निषेध
सारांश
- कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ।
- निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ।
- निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न सहयोगको अपिल गरेको छ।
पोखरा । कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो ।
आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । आजदेखि बन्द भएको कारोबार निर्माणको अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म कायम राख्न भनिएको छ ।
प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
सूचनाको बर्खिलाप हुने गरी गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण