सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसले बुझायो हजारभन्दा बढी युक्रेनी सेनाको शव

शुक्रबार, १५ फागुन २०८२, १० : ४२
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • रुस र युक्रेनले युद्ध जारी रहँदा एकअर्काका सैनिकको शव साटासाट गरे।
  • युक्रेनले रुसले पठाएका १ हजार शव प्राप्त गर्‍यो भने बदलामा ३५ रुसी सैनिकको शव हस्तान्तरण गर्‍यो।
  • जेनेभा वार्ताअघि युक्रेनले रुसले ६ क्षेत्रमा ४२० ड्रोन र ३९ मिसाइल प्रहार गरेको आरोप लगायो।

किभ । रुस र युक्रेनबिच युद्ध जारी रहेकै बेलामा दुवै देशले एकअर्काका सैनिकका शव साटासाट गरेका छन् । रुसले १ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गरेको र बदलामा ३५ रुसी सैनिकका शव प्राप्त गरेको जनाएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सहयोगी भ्लादिमिर मेदिन्स्कीले टेलिग्राममार्फत छोटो वक्तव्य जारी गर्दै शव आदान–प्रदान भएको जानकारी दिएका हुन् । थप विवरण नखुलाए पनि उनले ट्रकबाट शव झारिँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

केही घण्टापछि युक्रेनले आफूले १ हजार शव प्राप्त गरेको पुष्टि गर्दै ती रुसी पक्षको पूर्व जानकारीअनुसार युक्रेनी रक्षकहरूका हुन सक्ने जनायो । यसैबिच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जेनेभा वार्ताअघि रुसले युक्रेनका छ वटा क्षेत्रमा ४२० ड्रोन र ३९ मिसाइल प्रहार गरेको आरोप लगाए । उनका अनुसार उक्त आक्रमणमा दर्जनौँ मानिस घाइते भएका छन् ।

जेनेभामा युक्रेनका मुख्य वार्ताकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूसँग युद्धपछिको पुनर्निर्माणका आर्थिक योजनाबारे छलफल गरेका छन् । साथै, द्वन्द्व अन्त्यका लागि अमेरिकी पहलमा तेस्रो चरणको त्रिपक्षीय वार्ताको तयारी पनि भइरहेको बताइएको छ, जसमा रुसी पक्षसमेत सहभागी हुने अपेक्षा गरिएको छ । २०२२ को फेब्रुअरी २४ मा रुसले पूर्णस्तरमा आक्रमण सुरु गरेपछि जारी युद्ध अहिले पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा दुवै पक्षले हजारौँ सैनिकका शव साटासाट गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप