जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
शुक्रबार, १५ फागुन २०८२, २० : ४५
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा तीन दिनका लागि बन्द हुने भएको छ।
नेपाल रेलवे कम्पनी लिमिटेडले शुक्रबार जारी गरेको सूचना अनुसार फागुन २१ गते हुने निर्वाचननलाई ध्यानमा राखी फागुन १९ गतेदेखि २१ गतेसम्म रेल सेवा पूर्ण रूपमा स्थगित गरिनेछ।
कम्पनीले निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको बताएको छ। मतदान सम्पन्न भएसँगै सेवा पुनः सञ्चालनमा ल्याइने नेपाल रेलवे कम्पनी प्रशासनले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाहा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
-
भरतपुरमा रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक, तस्बिरहरू
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण