जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक
हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताए ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा निर्वाचन सम्पन्न भई मत परिणाम घोषणा नभएसम्म जिल्लाभर बिक्री वितरणका साथै सेवन गर्न नपाइने जारी विज्ञप्तीमा उल्लेखीत गरिएको छ ।
आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए । जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण