गृहजिल्ला झापामा ओलीको घरदैलो तीव्र
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र पार्दै जनताको घरदैलोमा पुगेका छन् । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा ओलीले दमक लगायतका विभिन्न क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे ।
घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताहरूको ठूलो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा ओलीले युवाहरूसँग देशको भविष्य र विकासका बारेमा संक्षिप्त छलफल गरे । विशेष गरी दमक नगरपालिकाका विभिन्न वडाहरूमा पुग्दा स्थानीयले खानेपानी, सडक पूर्वाधार र सुकुम्वासी समस्या समाधानका लागि ओलीसँग आग्रह गरेका थिए ।
जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा शुरु गरेका अधुरा आयोजनाहरूलाई पूर्णता दिन र झापा ५ लाई नमूना क्षेत्र बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ओलीको यो घरदैलो कार्यक्रमले झापा ५ मा चुनावी सरगर्मीलाई ह्वात्तै बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण