तनहुँमा कालो झन्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टीकरण
सारांश
- तनहुँमा मगर दिवस कार्यक्रममा कालो झण्डा देखाउने घटनालाई लिएर उम्मेदवार मञ्जिल रानाले शान्तिपूर्ण असहमतिको अभिव्यक्ति भनेका छन्।
- विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गरेको र नागरिकको विचार व्यक्त गर्ने हकको सम्मान गर्नुपर्ने कुरा उल्लेख छ।
- रानाले सबै पक्षलाई संयम अपनाउन र लोकतान्त्रिक मूल्यभित्रै प्रतिस्पर्धा गर्न आग्रह गर्दै पार्टी शान्तिपूर्ण राजनीतिक संस्कृतिको पक्षमा रहेको जनाएका छन्।
तनहुँ । मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झन्डा प्रकरणबारे उज्यालो नेपाल पार्टी तनहुँ–१ का उम्मेदवार मञ्जिल रानाले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई शान्तिपूर्ण असहमतिको अभिव्यक्ति बताएका छन् ।
विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै असहमति प्रकट गरेको उल्लेख गरिएको छ। नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने संवैधानिक हक रहेको र त्यसलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा सहभागी रवि लामिछाने पक्षका केही समूहले परिस्थितिलाई अनावश्यक रूपमा तनावपूर्ण बनाएको आरोप पनि विज्ञप्तिमा गरिएको छ। तथापि, मञ्जिल रानाले सबै पक्षलाई संयम र सहिष्णुता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताभित्रै राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीले शान्तिपूर्ण राजनीतिक संस्कृतिको पक्षमा रहेको र युवाहरूको आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण