इरान इजरायल तनाव
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा
आइतबार, १७ फागुन २०८२, ०७ : ४३
सारांश
- इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर सरकारी टेलिभिजनले सार्वजनिक गर्यो।
- इरान सरकारले खामेनीको निधनमा ४० दिने राष्ट्रिय शोकको घोषणा गर्यो।
- खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेता थिए र उनको निधनपछि सुरक्षा व्यवस्था कडा पारियो।
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले रुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका हुन्।
खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
यस शोक अवधिको अवधिमा इरानमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिनेछन्।
८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण