इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय
सारांश
- इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
- इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना आउने क्रममा छन्।
- इजरायल र इरानमा रहेका नेपालीलाई सतर्क रहन र यात्रा नगर्न मन्त्रालयको आग्रह छ।
काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।
आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको बताए । मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएको बताए ।
सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने, आवश्यक सावधानी अपनाउने र आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ । इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न भनिएको छ भने नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा रद्द गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण