अमेरिकी कन्सुलेट नजिक हिंसात्मक झडप, कम्तीमा ९ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको कराँचीस्थित अमेरिकी महावाणिज्य दूतावास नजिक प्रहरीसँग भएको हिंसात्मक झडपपछि कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
कराँचीको निजामती अस्पतालका एक जना वरिष्ठ चिकित्सकले बीबीसी न्यूजलाई बताएअनुसार झडपपछि ९ जनाको शव अस्पताल ल्याइएको छ । र कम्तीमा ३२ घाइतेलाई पनि अस्पताल ल्याइएको उनले बताए ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि कराँची, लाहोर र इस्लामाबादमा इरान समर्थक सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । निजी उद्धार संस्था एदी फाउन्डेशनका एक अधिकारीले पनि ९ जनाको शव र दर्जनौँ घाइतेलाई अस्पताल पुर्याइएको पुष्टि गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई कन्सुलेट परिसर प्रवेश गर्नबाट रोक्ने प्रयास गरेपछि झडप सुरु भएको बताइएको छ । घटनाबारे प्रहरीले अझै औपचारिक बयान जारी गरेको छैन ।
यसैबिच संयुक्त राष्ट्रसंघका एक अधिकारीले पाकिस्तान प्रशासित गिलगित–बलिस्तानको गिलगितमा रहेको संयुक्त राष्ट्रसंघको एक कार्यालयमा आगजनी गरिएको बताएका छन् ।
सयौँ मानिस प्रदर्शनमा उत्रिएपछि उक्त क्षेत्रमा कफ्र्यु लगाइएको प्रहरीले पनि पुष्टि गरेको छ । शिया संगठनहरूले इस्लामाबादसहित विभिन्न सहरमा विरोध प्रदर्शनको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण