हाम्रो प्रतिस्पर्धा कुनै दलसँग छैन, अतिवाद संस्थागत हुन दिँदैनाैँ : प्रदीप पौडेल
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कुनै दलसँग आफूहरुको प्रतिस्पर्धा नभएको बताएका छन्।
सामाखुशीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अतिवाद संस्थागत हुन नदिने बताए । अहिले अतिवाद संस्थागत हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको भन्दै उनले कांग्रेस हरेक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको र जेनजी आन्दोलनमा नागरिकले गरेको खबरदारीबाट पनि सच्चिएको पार्टी भएको बताए।
’कांग्रेस अधिकारका लागि लामो समयदेखि बलिदान गरेको पार्टी हो,’ उनले भने,‘को पहिले जन्मियो त्यस आधारमा पुरानो हुँदैन । कांग्रेसलाई पहिले जन्मिएर नयाँ ढंगबाट नागरिकको विश्वास जितेर अघि बढेको रुपान्तरित पार्टीका रुपमा बुझ्नुपर्छ ।’
सभामा बोल्दै महामन्त्री पौडेलले देशमा देखिएका समस्यासँग आफूहरुको लडाईं रहेको बताए । ‘हामी अर्कालाई आलोचना गर्न होइन गरिबी, बेरोजगारी, भ्रष्टाचार कुशासन परास्त गर्न चाहन्छौं,’ उनले भने,‘कांग्रेसले अब देशमा समस्याका रुपमा देखिएका यी सबै परास्त गरेर सुशासन र समृद्धिको नेतृत्व गर्न चाहन्छ।’
नेपाली कांग्रेस कमी कमजोरी स्वीकार गरेर अघि बढेको पार्टी भन्दै उनले नेतृत्व मात्र नयाँ नभै विषयगत रुपमा समेत प्रष्ट बनेर आएकाले यसलाई आम मतदाताले ख्याल गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण