हिउँ पन्छाएसँगै नारा सडक सञ्चालनमा
सारांश
- नारा सडक खण्डमा हिउँ पन्छाएपछि यातायात सुचारु भयो।
- निर्वाचनलाई मध्यनजर गर्दै नारा लेकको हिउँ हटाइयो।
- न्यालु लेकको हिउँ पन्छाउन टोली खटियो, केही दिन लाग्ने भयो।
हुम्ला । माघ दोस्रो हप्ता परेको हिमपातले अवरुद्ध नारा सडक खण्ड सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । उत्तरी नाम्खा गाउँपालिका–५ स्थित नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी चार हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो । कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिउँ पन्छाएपछि हिल्सा नाका हुँदै लिमी आउजाउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । यसैगरी, नाम्खा गाउँपालिका–६ को पाँच हजार दुई मिटर उचाइको न्यालु लेकको हिउँ पन्छाउन नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ नेतृत्वको टोली त्यसतर्फ गएको छ । न्यालु सडक खुलाउन अझै केही दिन लाग्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण