आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह
सारांश
- फागुन १६ गते देशभर २३ वटा विपद्का घटना घटे, जसमा २२ वटा आगलागी थिए।
- आगलागीबाट एक जनाको मृत्यु भयो भने ५ जना घाइते भए र ५२ लाख ४५ हजार बराबरको क्षति भयो।
- प्राधिकरणले आगलागीका घटना बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन् । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।
सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपद्मा परेर एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । विपद्का कारण रु ५२ लाख ४५ लाख बराबरको क्षति भएको छ ।
प्राधिकरणका अनुसार, पाँचथर, झापा, मोरङ, सुनसरी र धनकुटामा आगलागी भएका छन् । यस्तै, सप्तरी, धनुषा, पर्सा र कैलालीका दुई स्थानमा आगलागीका घटना हुँदा सर्लाही, धनुषा, मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौँ, गोरखा, लमजुङ, पाल्पा र प्यूठानका एक–एक स्थानमा आगलागी भएका छन् ।
बिजुलीको तार सर्ट भएको तथा दियो बालेर त्यत्तिकै छाडेका कारण आगलागी भएको जनाइएको छ । हिउँदमा सुक्खा बढी हुनाले आगलागीका घटनामा वृद्धि हुने हुँदा विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार यही फागुन १६ गते कुल आठ वटा विपद्का घटनामध्ये सात वटा आगलागीका मात्रै थिए । फागुन १५ गते प्राधिकरणमा दर्ता भएका कुल १९ वटा घटनामध्ये १७ वटा घटना आगलागीका थिए । यस आधारमा देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण