दुई दशकपछि ‘मालामाल विक्ली’ को सिक्वेल बन्ने पक्का, परेश रावलसहित पुराना कलाकार देखिने
सारांश
- बलिउड फिल्म 'मालामाल विक्ली' को दोस्रो भाग बन्ने भएको छ, जसमा परेश रावलले अभिनय गर्ने पक्का भएको छ।
- नयाँ भागले फरक पात्र र परिवेश प्रस्तुत गर्नेछ, जसमा गाउँलेहरूको समूह ठूलो रकमका लागि हाँस्यास्पद प्रयास गर्नेछन्।
- पहिलो भाग सन् २००६ मा रिलिज भएको थियो र यसले बक्स अफिसमा राम्रो सफलता हासिल गरेको थियो।
मुम्बई । बलिउडको चर्चित कमेडी फिल्म मालामाल विक्लीको दोस्रो भाग निर्माण हुने भएको छ। अभिनेता परेश रावलले ‘मालामाल विक्ली २’ बन्न लागेको र आफू यस प्रोजेक्टको हिस्सा रहने कुरा पुष्टि गरेका हुन्।
हालै हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा उनले फिल्मका बारेमा जानकारी दिए पनि निर्माण पक्षले यसको आधिकारिक घोषणा भने गर्न बाँकी छ। बलिउड हंगामाको रिपोर्ट अनुसार यसपटक निर्माताहरूले फिल्मका लागि नयाँ अवधारणा तयार पारेका छन्।
सिक्वेलले पहिलो भागको कथालाई सिधै अगाडि नबढाई यस फ्रेन्चाइजलाई नयाँ अन्दाजमा प्रस्तुत गर्नेछ। यसपटक फरक पात्र र नयाँ परिवेश हुने बताइएको छ, जसमा गाउँलेहरूको एक समूह ठूलो रकम हात पार्नका लागि अनौठा र हाँस्यास्पद प्रयासहरू गरिरहेको देखिनेछ। परेश रावलले फिल्मका लागि सहमति दिइसकेका छन् भने राजपाल यादव र रितेश देशमुखसँग पनि निर्माण टोलीले छलफल अगाडि बढाएको छ।
सन् २००६ मा रिलिज भएको मालामाल विक्लीलाई प्रियदर्शनले निर्देशन गरेका थिए। फिल्ममा परेश रावलका साथै ओम पुरी, असरानी, राजपाल यादव र रितेश देशमुखको मुख्य भूमिका रहेको थियो।
हलिउड फिल्म वेकिङ नेड (१९९८) मा आधारित यो फिल्म समीक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा निकै सफल भएको थियो। करिब ७ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले ४२.७ करोडभन्दा बढीको व्यापार गरेको थियो। यसको लोकप्रियताका कारण फिल्मलाई तेलुगु, कन्नड र मलयालम भाषामा समेत रिमेक गरिएको थियो।
यस फिल्मको मूल कथा लाहोली गाउँमा आधारित थियो, जहाँ परेश रावल (लीला राम) ले एक गाउँलेले १ करोडको लट्री जितेको तर उनको मृत्यु भएको थाहा पाउँछन्। त्यसपछि लट्रीको रकम हत्याउन गाउँलेहरूबिच मच्चिने लुछाचुँडी र रमाइलो घटनाक्रम नै फिल्मको मुख्य आकर्षण थियो।
परेश रावलको पछिल्लो व्यस्ततालाई हेर्ने हो भने उनी पुनः निर्देशक प्रियदर्शनकै फिल्म ‘भूत बंगला’ मा अक्षय कुमारसँग देखिनेछन्। यो फिल्म १० अप्रिल २०२६ मा रिलिज हुँदैछ।
यसका साथै उनी ‘वेलकम टु द जंगल’ र ‘भागम भाग २’ जस्ता प्रतीक्षित कमेडी फिल्महरूमा पनि व्यस्त रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण