तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश
सोमबार, १८ फागुन २०८२, १२ : ११
सारांश
- तनहुँ-१ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले उम्मेदवारी फिर्ता लिई कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गरे।
- लौडारीसहितका युवाहरू कांग्रेस प्रवेश गरे, जसले करिब एक हजार मत सहयोग हुने दाबी गरिएको छ।
- कांग्रेस उम्मेदवार भट्टराईले युवा पुस्ताको भावना बुझ्ने र उनीहरूको प्रतिनिधित्व गर्ने बताए।
दमौली । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आइतबार साँझ स्वतन्त्र उम्मेदवार लौडारीसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् । लौडारीले कांग्रेस प्रवेश गरेपछि करिब एक हजार मत पूर्ण रूपमा सहयोग हुने दाबी गरे ।
कांग्रेस उम्मेदवार भट्टराईले आफू नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गर्दै आफू सधैँ युवा पुस्ता (जेनजी) को भावना बुझ्ने र उनीहरूकै प्रतिनिधित्व गर्ने नेता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण