कुवेतस्थित अमेरिकी दूतावास नजिकैबाट धुवाँ उडिरहेको देखियो: रोयटर्स
सारांश
- कुवेत सिटीस्थित अमेरिकी दूतावासबाट धुवाँ उठेको प्रत्यक्षदर्शीले बताएका छन्।
- दूतावासले कुवेतमा मिसाइल र ड्रोनको खतरा रहेको भन्दै अमेरिकी नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
- दूतावासले सुरक्षा चेतावनी जारी गर्दै मानिसहरूलाई दूतावास नजिक नजान र सुरक्षित रहन आग्रह गरेको छ।
कुवेत । सोमबार कुवेत सिटीमा रहेको अमेरिकी दूतावासको परिसरबाट धुवाँ उठिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । छन् । दूतावास आसपास आगो निभाउने गाडी तथा एम्बुलेन्स पनि पुगेको बताइएको छ ।
यसैबिच दूतावासले कुवेतमा मिसाइल र ड्रोनको खतराबारे आफ्ना नागरिकलाई चेतावनी दिएको छ । ‘कुवेतस्थित अमेरिकी दूतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, आक्रमणको घटनामा सुरक्षा योजनाहरूको समीक्षा गर्न र भविष्यमा थप आक्रमण हुन सक्ने सम्भावनाको बारेमा सतर्क रहन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावासका कर्मचारीहरू सुरक्षित स्थानमा बसिरहेको पनि विज्ञप्तिमा भनिएको छ । दूतावासले पनि एक सुरक्षा चेतावनी जारी गरेको थियो, जसमा कुवेतमाथि मिसाइल तथा ड्रोन (यूएभी) हमला जारी रहनसक्ने खतरा रहेको भन्दै मानिसहरूलाई दूतावास नजिक नजान र सुरक्षित स्थानमा बस्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण