इजरायल–इरान युद्धबारे बोल्यो चीन
बेइजिङ । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ताको माध्याम प्रयोग गर्न आह्वान गरेको छ । चीनले सोमबार साे आह्वान गरेको हाे ।
हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन् भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरूसम्म फैलिएको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा बोल्दै द्धन्द्ध अन्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेकी छन् ।
तेहरानमा द्वन्द्वको परिणामस्वरूप एक जना चिनियाँ नागरिक मारिएको उनले बताएकी छन् । जहाँ इजरायल र संयुक्त राज्य अमेरिकाले इस्लामिक गणतन्त्रको सर्वोच्च नेताको हत्या गरेको छ भने अपरेसन र आक्रमण जारी राखेकाे छ ।
विदेश मन्त्रालयले इरानमा रहेको चिनियाँ दूतावासलाई पीडित व्यक्ति र परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताएकी छन् । बेइजिङले गतहप्ता आफ्ना नागरिकहरूलाई वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउँदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो ।
यसैबिच सोमबार सम्म ३ हजार भन्दा बढी चिनियाँ नागरिक इरान छोडेर गएको जनाइएको छ । इरानको रिभोलुसनरी गाड्र्सले इजरायल र अमेरिका विरुद्ध इतिहासमा सबैभन्दा हिंस्रक अपरेसन सुरु गर्ने वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण