इरानी नागरिकलाई प्रदर्शनमा ननिस्कन रिभोल्युसनरी गार्ड्सको चेतावनी
सारांश
- इरानको गुप्तचर इकाईले सडक प्रदर्शनमा सहभागी नहुन नागरिकलाई चेतावनी दिएको छ।
- सन्देशहरूमा प्रदर्शनलाई शत्रुको योजनाबद्ध दङ्गा भनिएको छ र सुरक्षा अव्यवस्थालाई शत्रुसँगको सहकार्य मानिने चेतावनी दिइएको छ।
- आईआरजीसीले कुनै पनि विरोधी गतिविधि देखेमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ।
तेहरान । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)को गुप्तचर इकाईले नागरिकलाई सडक प्रदर्शनमा सहभागी नहुन चेतावनी दिएको खुलासा भएको छ । इरानभित्रबाट आफूलाई पठाइएका दुईवटा सन्देशका स्क्रिन सटमा यस्तो चेतावनी देखिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
ती सन्देशहरूमा सम्भावित प्रदर्शनलाई शत्रुको योजनाबद्ध सडक दङ्गा भनेर उल्लेख गरिएको छ । साथै सुरक्षा अव्यवस्था गराउने कुनै पनि गतिविधि शत्रुसँगको प्रत्यक्ष सहकार्य मानिने चेतावनी पनि दिइएको छ ।
अर्को सन्देशमा आईआरजीसीले नागरिकलाई कुनै पनि विरोधी–सुरक्षा गतिविधि देखेमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । आयतोल्लाह अली खामेनीको निधनपछि देशका विभिन्न सहरहरूमा सडकमा भेला भई उत्सव मनाइएको दृश्यहरू आफूले पुष्टि गरेको बीबीसीले बताएको थियो । इरानका सरकारी तथा स्थानीय सञ्चारमाध्यमहरूले तेहरान लगायतका सहरमा शोकसभा पनि भइरहेको खबर पनि आएको थियो ।
इरानका अधिकांश नागरिकका लागि इन्टरनेट सेवा अझै अवरुद्ध रहेकाले देशभित्रको वास्तविक अवस्था स्पष्ट रूपमा बुझ्न कठिन भइरहेको बताइएको छ । केही व्यक्तिहरू भने स्याटेलाइट इन्टरनेट सेवा स्टार लिङ्कजस्ता माध्यम प्रयोग गरेर अनलाइनमा पहुँच बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण