उपल्लो डोल्पामा नेकपा र एमाले कार्यकर्ताबिच झडप
सोमबार, १८ फागुन २०८२, १७ : ०५
सुर्खेत । चुनावी अभियानका क्रममा उपल्लो डोल्पामा दुई राजनीतिक दलका कार्यकर्ताबिच झडप भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको हो । झडपका क्रममा केही घाइते भएका भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले झडप भएको तर घाइतेको विवरण उपलब्ध हुन नसकेको बताए ।
‘सामान्य वादविवाद भएको हो, अब त्यहाँ फोन लाग्दैन, नजिक क्षेत्र पर्ने प्रहरीलाई त्यहाँ गएर बुझेर रिपोर्ट दिनु भनेर भन्या छौँ,’ उनले रातोपाटीसँग भने । झडप भएको स्थान उपल्लो डोल्पाको साल्दाङमा हो । चुनावी प्रचारका क्रममा दुई दलका कार्यकर्ताबिच भेट हुँदा विवाद भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण