सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

०६४ को गल्ती दोहोर्‍याउनु हुन्न, देशलाई ०७० को झैँ विवेक चाहिएको छ : विश्वप्रकाश शर्मा

सोमबार, १८ फागुन २०८२, १७ : ०८
सोमबार, १८ फागुन २०८२

सारांश

  • विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा २०६४ को गल्ती दोहोर्याउन नहुने बताए।
  • उनले देशलाई २०७० को जस्तै विवेक चाहिएको र अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गरे।
  • शर्माले कांग्रेस सभापति गगन थापामा मात्रै त्यस्तो नेतृत्व क्षमता रहेको दाबी गरे।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताले २०६४ को निर्वाचनको गल्ती दोहोर्‍याउन नहुने बताएका छन् । सोमबार ओखलढुङ्गा र उदयपुरमा भएका चुनावी सभामा उपसभापति शर्माले अहिले देशलाई २०७० को झैँ विवेक चाहिएको बताए । 

‘एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारुका हातमा गाडीको स्टेरिङ सुम्पिनु हुन्न,’ उपसभापति शर्माले भने, ‘नयाँ हेर्ने भन्ने नाममा ०६४ को गल्ती देशले दोहोर्‍याउनुहुन्न, आज देशलाई ०७० को झैँ विवेक चाहिएको छ । आँधी आएको बेला सिकारुले नाउ चलाए फेवातालमा नाउ डुब्न सक्छ भन्ने परिपक्वता हामीले राख्नु छ ।’

उनले अहिले देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजन सँगै टिम स्पिरिट अनि टिम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको बताए । 

त्यस्तो नेतृत्व कांग्रेस सभापति गगन थापासँग मात्रै रहेको शर्माको भनाइ छ । कांग्रेसले मतदाताको एकएक मतको विश्वास हामी खण्डित हुन नदिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप