सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु

सोमबार, १८ फागुन २०८२, १७ : ४५
सोमबार, १८ फागुन २०८२

सारांश

  • रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा एक सुरक्षाकर्मीको मृत्यु भएको र उद्धार कार्य जारी छ।
  • गाडी मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको थियो।

काठमाडौँ । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हाे ।

दुर्घटना परेको जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको उनले जानकारी दिए । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।

गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।

मतदानस्थल सितलदेवी मा.वि. सिरुवारी र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारको लागी मतपत्र लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब १०० मिटर तल खसेकाे जनाइएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप